तीन महिनामा नेपाल टेलिकमको खुद नाफा १ अर्ब ७३ करोड

नेपाल टेलिकमले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.२० प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी भने सामान्य बढेको छ । गत वर्ष ८ अर्ब ५८ करोड रहेको सञ्चालन आम्दानी यस अवधिमा ८ अर्ब ६८ करोड नाघेको छ ।

समीक्षा अवधिमा कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा ४५.०५ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी घटेर ३८.६६ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ भने ५३५.०९ रहेको छ ।

ओटीटी सेवाले कम्पनीको समग्र भोइस/एकएमएस सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको कम्पनीले जनाएको छ । बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेकोले लागतसमेत बढिरहेको कम्पनीको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर