मितेरी सहकारी प्रकरण : सीआइबीले लियो धनराज गुरुङसँग बयान

केन्द्रिय अनुसन्धान व्यूरो(सीआइबी)ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसंग ५ घण्टा बयान लिएको छ ।

बुधवार गुरुङलाई कार्यालयमा बोलाएर मितेरी सहकारी संस्थाको बचत रकम अपचलनबारेमा कागजी बयान लिइएको केन्द्रिय अनुसन्धान व्यूरो(सीआइबी)का प्रहरी उपरीक्षक एवं सुचना अधिकारी होविन्द्र बोगटीले मकालुखबरलाई बताए ।

गुरुङमाथि अनुसन्धान गरिरहेको बताउँदै उनले भने,‘उनीमाथि कागजी बयान लिएका छौँ । अनुसन्धान भइरहेको छ । कागज गरेर बुझ्ने काम भएको छ ।’

मितेरी सहकारीको १४ करोड रकम हिनामिनाको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको हो । सहकारीकै विषयलाई लिएर गुरुङको तत्कालिन श्रीमती ज्योतीसंग सम्बन्ध बिच्छेद भएको थियो ।

संसदीय छानबिन विशेष समितिले मितेरी बचत तथा ऋण सहकारीमा भएको रकम हिनामिनाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको थियो । संघीय सांसद समेत रहेका गुरुङले मितेरी सहकारीमा आफु संलग्न नरहेको भन्दै स्पष्टीकरण दिइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *