निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी दाबी गर्ने व्यक्ति पक्राउ

कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण देखेको दाबी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

गोरखाका नवराज अर्याललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले गरेको हो ।

सिआइबीले टेलिभिजनबाट अर्यालको अभिव्यक्ति जारी भएपछि मंगलबार सोधपुछ गरेर हाजिरी जमानीमा छाडेको थियो।

सिआइबीले थप अनुसन्धानका लागि बुधबार अर्यालदम्पती र प्राइम टाइम टेलिभिजनका कार्यक्रम प्रस्तोता ऋषि धमलालाई पनि सोधपुछ गरिरहेको जानकारी दियाे ।

आफू खानेपानी विभागको सवारीचालक रहेको दाबी गर्ने अर्यालले आफू कञ्चनपुर पुगेको वेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको झुटो विवरण अन्तर्वार्तामा दिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *