एभरेष्ट बैंक र एनसीएचएलबीच अलिपेमार्फत अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता

एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच अलिपेको नेटवर्कमा रहेका सदस्य वालेटहरु मार्फत नेपाल पे मर्चेन्टहरुका क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन ।
यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसका इन्ट्रोपेरेबल क्यूआरको मर्चेन्ट क्यूआरमा अलिपेको नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ । चाइना, हंङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले आनो डोमेस्टिक वालेट मार्फत  नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसको इन्ट्रोपेरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्ने सम्झौतामा उल्लेख छ ।
अलिपेको नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढि इसुइङ्ग उपकरण, ३०० भन्दा बढि अक्वरिङ नेटवर्क, ९ करोडभन्दा बढि ग्लोबल मर्चेन्टहरु आबद्ध रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर