एनपीएल सञ्चालन गर्ने बाटो खुला, सर्वोच्चले दिएन अन्तरिम आदेश

आफूले आयोजना गर्दै आएको नामको प्रयोग गरेर नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता आयोजना गर्न लागेको भन्दै सर्वोच्च अदालत पुगेका आमिर अख्तर निराश बनेका छन् ।

उनको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश हरि फुँयालको एकल इजलासले कारण देखाउ आदेशमात्र जारी गरेको छ । यसअघि आमिरले अल्टिमेटम दिएर क्यानलाई सहमति गर्न नत्र कानूनी उपचार खोज्ने चेतावनी दिँदै आएका थिए, तर क्यानले अटेर गरेपछि उनी सर्वोच्च पुगेका थिए ।

आमिरले यसअघि नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गरेका थिए, तर उक्त नामको प्रतियोगिता क्यानले मात्र आयोजना गर्नसक्ने भन्दै विरोध भएपछि उनले प्रतियोगिताको नाम फेरेर एभरेस्ट प्रिमियर लिग राखेका थिए ।

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेकाले उक्त नाममा अरु कसैले प्रतियोगिता आयोजना गर्न नसक्ने दाबी आमिरको छ । सर्वोच्चले अन्तरिम आदेश नदिएपछि अब क्यानलाई थप सहज भएको छ । क्यानले पहिलो पटक आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) यही मंसिर १६ देखि सुरु हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर