रास्वपा लक्षित देउवाको टिप्पणी- कांग्रेसका नेतालाई मुद्दा चलाउँदा हामीले कहिल्यै हल्ला गरेनौं

सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीका नेताहरूलाई मुद्दा लाग्दा आफूहरुले कहिल्यै पनि होहल्ला नगरेको बताएका छन् । धनगढी विमानस्थलमा बोल्दै सभापति देउवाले रास्वपालाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । कांग्रेसका नेताहरूलाई मुद्दा लाग्दा कांग्रेसले कहिल्यै पनि हल्ला नगरेको सभापति देउवाले बताए ।

सभापति देउवाले भने, ‘हाम्रा साथीहरूलाई मुद्दा चलाइयो, कहिल्यै होहल्ला गरेनौं, यो अदालती प्रक्रियामा छ।’ सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा कात्तिक २ गते पक्राउ गरी कास्की अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ ।

उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दामा अनुसन्धान भइरहेको छ । सभापति पक्राउविरुद्ध उनका समर्थकसहित कार्यकर्ताले निरन्तर प्रदर्शन गर्दै आइरहेका छन् । त्यस्तै, सभापति देउवाले पूर्व सहमतिअनुसार कांग्रेस–एमाले गठबन्धन २०८४ सालसम्म नै जाने र सरकारले पनि त्यो बेलासम्म निरन्तरता पाउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर