
पोखरामा आज पनि प्रदर्शनमा उत्रिए रास्वपा कार्यकर्ता


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ विरोधमा आज पनि कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका छन् ।
लामिछानेलाई आज चौथो पटक जिल्ला अदालत कास्कीमा पेस गरिएको छ । पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा काठमाडौँबाट कात्तिक २ गते पक्राउ परेका उनलाई पहिलो पटक कात्तिक ४ गते अदालतमा पेस गरिएको थियो । सभापति पक्राउविरुद्ध उनका समर्थकसहित कार्यकर्ताले निरन्तर प्रदर्शन गर्दै आइरहेका छन् ।
- बंगलादेशमा हिन्दू नेताको हत्याको विरोधमा जनकपुरमा विरोध प्रदर्शन
- पूर्वराजा शाहमाथि प्रधानमन्त्रीको आरोप- टेलिफोनको तार काटेर लगेका थिए, अझै फिर्ता गरेका छैनन्
- बद्री केसी नेतृत्वले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा अपहेलना मुद्दा
- विप्लवको गुनासो– प्रचण्ड र बाबुरामलाई जिन्दगी नै दियौं, एकचोटी हेरेनन्
प्रतिक्रिया