दोस्रो चरणको आन्दोलन गर्ने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको संयुक्त सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।

आज शनिवार बसेको केन्द्रीय समितिको बैठकले राज्यसत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्ति विरुद्ध दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो ।

राज्यको स्वेच्छाचारी र दमनकारी प्रवृत्ति नेपालको लोकतन्त्र, संविधान र विधिको शासन विपरीत भएको रास्वपाले निष्कर्ष निकालेको हो ।

रास्वपाले सहकारी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोध साँधेको ठहर गरेको छ ।

बैठकले समसामयिक राजनीतिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षको मोडिलाटी लगायतका विषयमा छलफल भएको कार्यबहाक प्रवक्ता मनिष झाले बताए ।

यस्तै आसन्न स्थानीय तह उपनिर्वाचनका विषयमा स्थानीय जनजीविकाका समस्या, राष्ट्रिय राजनीतिमा देखिएको स्वेच्छाचारी राजनीतिक प्रतिशोध, सर्वत्र व्याप्त बेथिति र संठित भ्रष्टाचारका विरुद्ध आम जनसमुदायमा जागृत फैलाउने अभियान सञ्चालन गर्ने निर्णय गरिएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *