कांग्रेससँगको सहकार्यलाई अझै सुदृढ बनाउनुपर्नेमा एमालेको जोड

सरकारको नेतृत्व गरिरहेका नेकपा (एमाले) ले कांग्रेससँगको सहकार्यलाई अझै सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ।

शनिबार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सो कुरामा जोड दिएको हो। सरकारको ४ महिने कार्यकाल आधारभूत रुपमा ठिक ढंगले अघि बढ्दै गइरहेको निष्कर्ष निकाल्दै बैठकले दुई दल बिचको सत्ता साझेदारीलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिइएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

उनले सरकारको कामलाई अझ बढी प्रभावकारी बनाउनका लागि दुई दलबिच संघ, प्रदेश र स्थानीय तहमा समेत संयन्त्र बनाएर अघि बढ्ने निर्णय पनि दुई दलबिच भएको जनाए।

उपमहासचिव ज्ञवालीले भने, ‘सरकारको ४ महिने कार्यकालको समीक्षा गरेका छौं। सरकारले आधारभूत रुपमा ठिक ढंगले काम गर्दै अगाडि बढिरहेको दुई मुख्य राजनीतिक दलहरूको बीचमा समझदारीलाई अझ प्रगाढ बनाउन र काममा अझ बढी समन्वय ल्याउनको निम्ति हालै दुई दलको बीचमा संयन्त्रहरू पनि बनेको र यो विश्वासको वातावरणलाई अझ सुदृढ गर्दै लैजानका निम्ति सरकारलाई सफलता प्राप्त होस भन्ने कुरामा पनि हामीले जोड दिएका छौं।’

एमालेले दुई दल बिचको विश्वासको वातावरण खँदिलो बनाउन पनि सरकारलाई सुझाव दिइएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *