सैनिक श्रीमती संघको ४१ औँ वार्षिकोत्सव सम्पन्न
सैनिक श्रीमती संघको ४१ औँ वार्षिकोत्सव जंगी अड्डामा विविध कार्यक्रमहरू आयोजना गरी सम्पन्न भएको छ ।
वार्षिकोत्सवको अवसरमा सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती निता क्षेत्री सिग्देलले विधिवत् रूपमा पूजा अर्चना तथा झण्डोत्तोलन गर्नुका साथै संघले सम्पादन गर्दै आएका विभिन्न किसिमका कल्याणकारी कार्यहरूका बारेमा समेत प्रकाश पारिन।
सोही अवसरमा प्रधान सेनापति महारथी अशोक राज सिग्देल र संघकी अध्यक्ष श्रीमती निता क्षेत्री सिग्देलले संघको वार्षिक मुख पत्र सेवा सुमनको संयुक्त रूपमा विमोचन गरी प्रकाशित उत्कृष्ट लेख रचनाका सर्जकहरूलाई पुरस्कृत गरे । साथै सैनिक महाविद्यालयहरूमा अध्ययनरत सकलदर्जाका जेहेन्दार छात्र छात्राहरू तथा फरक क्षमता भएका बालबालिकाहरूलाई पुरस्कार तथा छात्रवृत्ति प्रदान गरेका थिए ।
वि.सं. २०४० साल कार्तिक २२ गते स्थापित सैनिक श्रीमती संघ, सैनिक परिवारको हित र विभिन्न सामाजिक कार्यमा क्रियाशील रहँदै आएको छ । उक्त कार्यक्रममा रथीवृन्द, संघका पूर्व अध्यक्ष, संघका पदाधिकारीहरू, सैनिक महाविद्यालयहरूका प्राध्यापक, छात्र छात्राहरू लगायत अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया