पोखरीमा डुबेको कार सशस्त्रले निकाल्यो

सर्लाहीको ईश्वरपुर नगरपालिका–२ स्थित मियाखोरमा डुबेको कार सशस्त्र प्रहरीका गोताखोरले निकालेका छन् ।

पोखरीबाट लु.२ च ६७५८ नम्बरको कार निकालिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले बताए । उनले भने, ‘९ बजेर ४५ मिनेटमा पोखरीबाट कार निकालिएको छ ।’

कार दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । बयलबासबाट महोत्तरीको गौशाला जाँदै गरेको कार दुर्घटना हुँदा मृत्यु हुनेमा चालक सुरेश महतो र कारमा सवार रामाकान्त ठाकुर छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *