पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी स्थानमा वर्षा र हिमपातको सम्भावना
२० कार्तिक २०८१ ६:५५
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रही पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश देशका पहाडी भू-भागका थोरै र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया