राष्ट्रपति पौडेलले बहिनीहरूबाट लगाए भाइटीका

राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभ साइतमा यस वर्षको तिहारको टीका लगाएका छन् ।

राष्ट्रपति पौडेलले आइतबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा  ११ बजेर ३७ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आइतबार  बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण  गरेको थियो  । भाइटीकाको उत्तम साइत  तय गरिए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।  यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *