थाई एयर एशियाले थाल्यो भैरहवा–बैंकक उडान

थाई एयर एशियाले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवामा परीक्षण उडान गरेको छ । बैंकक–भैरहवा–बैंकक उडान आगामी शुक्रबारबाट उडान गर्न लागेको थाई एयर एशियाले आज (आइतबार) बिहान परीक्षण उडान भरेको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका अनुसार थाई एयर एशियाले भैरहवाबाट साताको दुई दिन उडान गर्नेछ ।

अब ८ नोभम्बर (२३ मंसिर) मा अर्को उडान हुने विमानस्थलका प्रवक्ता विनोद राउतले जानकारी दिए । राउतका अनुसार बिहान ७ बजे विमानस्थलमा अवतरण गरेको र बिहान ७.४० बजे बैंकक प्रस्थान गरी सकेको छ । विमानमा चालक दलका ७ सदस्यहरु मात्रै आएका थिए । आज बिहान ७ बजे थाईएयर एसियाको विमान अवतरण गरेको थियो ।

चालक दलका सात सदस्य रहेको विमान करिब ४० मिनेटपछि बैंकक गएको विमानस्थलले जनाएको छ । थाई एअर एशियाको केही दिनअघि मात्रै भैरहवा र पुनः उडान काठमाडौंमा सुरु गर्न अनुमति पाएको थियो । टिकट बिक्री लगायत बजार प्रवर्द्धनको कामको तयारी भइरहेको विमानस्थलले जनाएको छ । पर्यटन व्यवसायी सीपी श्रेष्ठले सरकार विगतमा जस्तै यात्रु अभावको कारण देखाउंदै विमान कम्पनीहरुले उडान नगर्ने जोखिम अझै रहेको बताउँछन् ।विगतमा पनि जजिरा सहित एअरलाइन्सले केही समय उडान गरेपनि एक महिनापछि बन्द गरेका थिए । अन्तर्राष्ट्रिय उडानहरु नियमित र पर्याप्त नहुँदा विममानस्थल लक्षित गरी होटल लगायत पर्यटन क्षेत्रमा निजी क्षेत्रले गरेको करिब ८० अर्ब रुपैयाँ लगानीका व्यवसाय जोखिम र संकटमा परेको व्यवसायीहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर