एयर इण्डियाको जहाजमा बमको ‘हल्ला’, यात्रुलाई सास्ती

एयर इण्डियाको जहाजमा कुनै खतरनाक बस्तु नभेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान दिल्ली उड्ने लागेको छ । यसअघि उड्न उड्न तयार जहाजमा बम रहेको सूचना आएपछि सबै यात्रुलाई ओरालेर जाँच गरिएको थियो ।

दिउँसो ३:३९ मा १६८ यात्रु लिइ आएको जहाज सबै यात्रु ओरालेर दिल्लीको फ्लाइटको तयारी गरिरहेका बेला दिउँसो ४ः३१ बजे बम थ्रेट रहेको सूचना आएको थियो । नागरिक उड्ययन प्राधिकरणमा यस्तो सूचना आएपछि प्रहरी टोली र नेपाली सेनाको टोलीले जाँच गरेको थियो ।

जाँचका क्रममा कुनै विष्फोटक पदार्थ नभेटिएपछि सुरक्षाकर्मीले क्याप्टेनलाई जहाज जिम्मा लगाएका थिए । कुनै खतराको सूचना आएपछि त्यसलाई अनिवार्य रुपमा जाँच गर्नुपर्ने प्रोटोकल छ । काठमाडौँ हुँदै दिल्ली जान १६० जना यात्रु सबै जना बोर्डिङ भई सकेको तथा प्रस्थान हुने यात्रुहरुको लगेज –व्याग) समेत लोड गरिसकिएको थियो ।

ती सबै लगेजहरू झारी पुनः कुकुर समतेको सहयोगा जाँच गरिएको विमानस्थल प्रहरी प्रमुख एसएसपी डम्बरबहादुर बिकले जानकारी दिए । यसअघि पनि गत साता एयर इण्डियाकै जहाजमा बम रहेको हल्ला चलेको थियो । त्यसअघि भिस्ताराको जहाजमा पनि बम थ्रेटको सूचना आएको थियो । तर ती दुवैमा कुनै खतराजन्य पदार्थ भेटिएको थिएन । पटक–पटक आइरहेका यस्ता बमको हल्लाका कारण यात्रुले सास्ती व्यहोर्नु परिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *