साफ महिला च्याम्पियनसिप : फाइनलमा फेरि चुक्यो नेपाल, बंगलादेशले जित्यो उपाधि

साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि चुम्न नेपाल फेरि चुकेको छ । आज (बुधबार) सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई २–१ पराजित गरेको छ ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा रह्यो । दोस्रो हाफको सुरुवातमै बंगलादेशका तर्फबाट पहिलो गोल भएको थियो । खेलको ५२औ मिनेटमा मोनिका चक्काले डिफेन्सको गल्तीमा सहज गोल गर्दै बंगलादेशलाई १–० को अग्रता दिलाएकी थिइन् ।

त्यसको तीन मिनेटमै नेपालले गोल फर्कायो । नेपालका लागि अमिषा कार्कीले ५६ औं मिनेटमा बराबरी गोल फर्काएकी थिइन् । खेलको ८१ औं मिनेटमा बंगलादेश पुनः एक गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएको हो । बंगलादेशका लागि ऋतु पोर्ना चाक्माले डिबक्स बाहिरबाट गरेको उत्कष्ट प्रहार गोलमा परिणत भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *