२ लाख रुपैयाँसहित २६ जुवाडे पक्राउ

सुदूरपश्चिम प्रदेशका तीन जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा २६ जनालाई पक्राउ गरिएको छ । कैलाली, कञ्चनपुर र बझाङमा जुवातास खेलिरहेका २६ जनालाई पक्राउ गर्दै दुई लाख रुपैयाँ बढी नगद बरामद समेत गरिएको छ ।

गएराति साढे १ बजेतिर कैलालीको गोदावरी नगरपालिका-८ को हरीनगर बस्ने प्रदीप भुलको घरबाट जुवातास खेलिरहेको अवस्थामा उनीसहितका ९ जनालाई पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले उनीहरूलाई ६१ हजार २३० रुपैयाँ नगदसहित पक्राउ गरेको हो । जुवाखालबाट दुई गड्डी तास र बाप्र०२–०४१ प १८५४ नम्बरको स्कुटी पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

गएराति नै कञ्चनपुरको भिमदत्त नगरपालिका-५ वनगाँउका ३२ वर्षीय भिम घटालको घरबाट जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई पनि पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनीहरूलाई नगद ८२ हजार ३२२ रुपैयाँ र ६ गड्डी ताससहित पक्राउ गरेको हो ।

यस्तै, बझाङमा पनि थप पाँच जना जुवाडे पक्राउ परेका छन् । जयपृथ्वी नगरपालिका-९ सिमखेत बस्ने ६५ वर्षीय बजुर खड्काको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा खड्कासहितका पाँच जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई ६६ हजार १३० नगद र दुई गड्डी ताससहित नियन्त्रणमा लिएको थियो । पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर