भूमि आयोग गठन, संयोजकत्वमा रिजाल

सरकारले भूमि समस्या समाधान आयोग गठन गरेको छ । मंगलवार सिंहदरवारमा बसेको मन्त्रीपरिषद्को बैठकले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी नयाँ आयोग गठन गरेको हो ।

प्युठानका हरिप्रसाद रिजालको अध्यक्ष रहेको आयोगमा सनतकुमार कार्की, गुञ्जकुमार खड्का, अनिलकृष्ण प्रसाईँ, जगतबहादुर बस्नेत, टेकबहादुर शाह, गोवर्द्धन कोली र आरती भण्डारी सदस्य छन् ।

यसअघि आयोग गठनका लागि गठन आदेश समेत मन्त्रिपरिषदबाट जारी भएको थियो । अब सोही आदेश अनुसार आयोगले काम गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर