जलवायु परिवर्तनले रोजगारीमा नयाँ चुनौती र जोखिम बढ्यो : अध्यक्ष कुँवर

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि) का अध्यक्ष योगेन्द्र कुँवरले जलवायु परिवर्तनले श्रम रोजगारीको क्षेत्रमा चुनौती सिर्जना गरेको बताएका छन् ।

मंगलवार संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले काठमाडौँमा जलवायु परिवर्तनले श्रम रोजगार क्षेत्रमा पारेको प्रभाव विषय कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले यस्तो बताएका हुन् ।

उनले विश्वमा जलवायु परिवर्तनका भएको असरले रोजगारको क्षेत्रलाई प्रत्यक्ष असर परेको बताए । उनले श्रम रोजगारमा जलवायु परिवर्तनका विषयमा सरकारले बेवास्ता गरेको समेत आरोप लगाए । उनले सरकारलाई दबाब सिर्जना गरी जलवायु परिवर्तनले श्रम रोजगारमा पारेको असरलाई न्यूनीकरण गर्न केन्द्रले विभिन्न कार्यक्रम गर्दै खबरदारी गरेको बताए ।

उनले जलवायु परिवर्तनको कारण श्रमिकले काम गर्ने समयमा समेत असर परेको बताए । उनले दिउँसोको समयमा काम गर्न नसक्दा बिहान बेलुका काम गर्ने अवस्था रहेको बताए । पर्वतारोहणको क्षेत्रका श्रमिकलाई थप चुनौती रहेको बताए । उनले सवारी साधनमा आएको परिवर्तन,कृषिमा बेमौसममा पानी पर्दा कृषिमा समेत असर परेको बताए । उनले निर्माणको क्षेत्रमा बढी जोखिम भएको बताए । वातावरणीय प्रभावको कारण रोजगारी प्रभावित भइरहेको बताए ।

उनले जलवायु परिवर्तनको असरले मजदुरहरूलाई विभिन्न किसिमका रोगहरू लाग्न थालेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर