खसीको भनेर बाख्राको मासु बेच्नेलाई पाँच हजार जरिवाना

लहान नगरपालिकाले बजार अनुगमन तीव्र बनाएको छ। सोमबार उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा  बजार अनुगमन गर्ने क्रममा खसीको भनेर बाख्राको मासु बेच्ने पसलेलाई पाँच हजार जरिवाना गराइएको  छ।

यसैगरी  ग्राहकको भीडभाड हुने लहान बर्गर हाउसले खानेतेल गुणस्तरहीन प्रयोग गरेको भनी ११ हजार जरिवाना गराएको उपप्रमुख महतोले जानकारी दिए। अनुगमन टोलीमा इलाका प्रशासन, घरेलु, प्रहरी, पत्रकारलगायत सहभागी थिए।

उपभोक्ताबाट बजारमा ठगी भइरहेको भन्ने गुनासोपछि बजार अनुगमन गरेको र अनुगमनलाई निरन्तरता दिने उपप्रमुख  महतोले बताए । अनुगमनका क्रममा केही पसललाई सचेत गराएको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर