एन्फाले रोक्यो नेपाल–बंगलादेश फाइनल खेलको टिकट बिक्री

अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला च्याम्पियनसिप–२०२४ अन्तर्गत बुधबार हुने नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री–वितरणमा रोक लगाएको छ । आइतबार दशरथ रंगशालामा भएको नेपाल र भारतबीचको सेमिफाइनल खेलमा रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएपछि एन्फाले टिकट बिक्रीमा रोक लगाएको हो ।

एन्फाले आज (सोमबार) सूचना जारी गर्दै भनेको छ, ‘कात्तिक १४ गते बुधबार साँझ ६ः३० बजे दशरथ रंगशाला, त्रिपुरेश्वरमा हुने फाइनल खेलको टिकट बिक्री अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।’ एन्फाले टिकट बिक्रीको अधिकार पाएको माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.सँग सोधपुछ भइरहेको जनाएको छ ।

यसै क्रममा एन्फाले सर्वसाधारणलाई कुनै पनि माध्यमबाट टिकट खरिद नगर्न र थप सूचनाको प्रतीक्षा गर्न आग्रह गरेको छ । आइतबारको सेमिफाइनल खेलमा १९ हजारभन्दा बढी दर्शक उपस्थित थिए । अनलाइनबाट र भौतिक रुपमा उपस्थित भएर टिकट खरिद गरेका दर्शकहरुले समेत मैदानमा प्रवेश पाएका थिएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *