संविधानका राम्रा पक्षलाई सँगै लिएर हिँड्ने कसम खानुपर्ने समय आयो : बार अध्यक्ष घिमिरे

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संविधानका राम्रा पक्षहरूलाई सँगै लिएर हिँड्नुपर्ने बताएका छन् ।

केहीले संविधान च्याप्नुपर्छ समेत भन्ने गरेको उल्लेख गर्दै उनले संविधानका राम्रा पक्षलाई सँगै लिएर अघि बढ्नका लागि सबै पक्षले कसम खाएर अघि बढ्नुपर्ने बताउनु बताए ।

अध्यक्ष घिमिरेले संविधान परिवर्तनीय दस्ताबेज भएकाले त्यसमा रहेका कमीकमजोरीलाई केलाएर परिमार्जन गर्नुपर्दछ भन्ने दृष्टिकोण आफूहरूले अघि सारेको पनि स्पष्ट पारे । ठूलो द्वन्द्वका बीच वर्तमान संविधान निर्माणमा गरिएको र त्यसको नेतृत्व स्वर्गीय सुवास नेम्वाङले गरेको उनको भनाई थियो । सोमवार सर्वोच्च अदालत बार एशोसिएशनले प्रकाशित गरेको स्मतिमा सुवास नेम्वाङ स्मृति ग्रन्थ लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष घिमिरेले नेम्वाङको समझदार व्यक्तित्वको जति चर्चा गरेपनि कमै हुने बताए ।

उनले भने ‘त्यत्रो द्वन्द्वको बीचमा पनि दुई दुई पटकको संविधान सभा निर्वाचन पश्चात आज यो संविधानको निर्माण भएको छ । त्यसेले गर्दा यो संविधानले केही गरेन, यो संविधानले केही गर्न सक्दैन, त्यसैले गर्दा यसलाई च्यात्नुपर्छ, फाल्नुपर्छ भन्ने जस्ता आवाजहरू पनि कताकता देखिन थालेका छन । त्यो बिलकुलै गलत कुरा हो । यो संविधान २००७ सालदेखिको जे जस्तो परिस्थितिमा हामी छौं, जे जस्तो परिस्थिति हाम्रो समाजको छ । त्यसलाई कति सकिन्छ ? नजिक ल्याएर द्वन्द्वका बीचमा, विवादका बिचमा यो संविधान निर्माण भएको छ । यसका राम्रा पक्षहरूलाई सँगै लिएर हिँड्ने कसम आज हामीले खानु पर्दछ । त्यही परिस्थितिमा हामी छौं भन्ने मलाई लाग्दछ । अव कसैले यो संविधानलाई होइन यसलाई फालेर नयाँ संविधानको कुरा गर्दछ भने पनि आखिर समाज त यही हो । राजनीतिक पार्टीहरू त यिनै हुन । कित सबैलाई निमिटयान्न पार्नुपर्याे । र, एक खालको कुरा गर्नु पर्याे । त्यो गर्ने परिस्थिति नेपालमा छैन । अव फेरी अर्को द्वन्द्वमा हामी जान सक्दैनौँ । त्यसैले हामीले के भन्यौ भने संविधान समयानुकूल परिवर्तन हुनु पर्दछ । संशोधन हुनुपर्छ । संविधान स्टाटिक डकुमेन्ट होइन, एउटा गतिशील डकुमेन्ट हो । यसमा रहेका, हुन नसकेका कमीकमजोरीहरूको विषयमा केलाउनु पर्दछ । र, ती केलाई सकेर संविधान ती कुराहरू मुखरित हुने गरी संशोधनमा लिएर जानुपर्छ भन्ने हामो धारणा छ । हामीले त्यो कुरालाई आफ्नो विभिन्न सभा, सम्मेलन र हाम्रा विभिन्न कार्यक्रमहरूमा भन्दै आएका छौं ।’

अध्यक्ष घिमिरेले संविधानमा देखिएको कमी हटाउनका लागि यसका प्रावधानहरू केलाएर हेर्नुपर्ने आवश्यकता पनि औँल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *