८० हजार घुस लिएको आरोपमा वडाध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका-२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध ८० हजार रुपियाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जग्गा पास तथा लेनदेन सिफारिससम्बन्धी कार्यका लागि सेवाग्राहीसँग ८० हजार रुपियाँ घुस लिइरहेको अवस्थामा ओलीलाई नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

ओलीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ८० हजार रुपियाँ बिगो कायम गरी सजाय हुने माग दाबी लिइ सोमबार विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर