कीर्तिपुर अस्पताल पछाडिको झाँडीमा महिलाको शव फेला

कीर्तिपुरमा एक महिला मृत फेला परेकी छिन् । कीर्तिपुर नगरपालिका–२ कीर्तिपुर अस्पताल पछाडिको झाँडीमा महिलाको शव फेला परेको हो । हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञज पठाइएको छ ।

शवको सनाखत गर्ने प्रयास भइरहेको तर अहिलेसम्म कोही पनि आफन्त सम्पर्कमा नआएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा महिलाले आत्माहत्या गरेको आशंका गरेको छ । तर अन्य हिसाबबाट पनि अनुसन्धान गरिरहेको जनाएको छ । महिलाले हातमा घडी र चुरा लगाएकी छन् । चप्पल, लुगालगायतका सामग्री पनि दुरुस्त अवस्थामा छन् । घटनास्थल हेर्दा हत्या नभई आत्महत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर