पार्टीभित्र देखिएको तानाशाही शैलीको प्रतिवाद गरौँ : भीम रावल

नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीभित्रको तानाशाही शैलीको प्रतिवाद गर्न आह्वान गरेका छन्।

सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने र धम्क्याउने कार्य भइरहेको भन्दै पूर्व उपाध्यक्ष समेत रहेका रावलले आपत्ति जनाएका हुन्।

उनले भनेका छन्, ‘एमालेको जबज, परम्परा र संवैधानिक हक विपरीत कुनै बैठक र छलफल नगरी पदको दुरुपयोग गर्दै सु.प. प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने र धम्क्याउने गलत कार्यको सबै न्याय प्रेमी, इमानदार र सिद्धान्तनिष्ठ व्यक्तिहरूले विरोध र प्रतिवाद गरौँ।’

पछिल्लो समयमा पार्टीमा जिम्मेवारी विहीन बनाइएका नेता रावललाई पनि व्यवसायी मीनबहादुर गुरुङबाट पार्टीले जग्गा दान लिएको विषयमा आलोचना गरेको भन्दै स्पष्टीकरण सोधेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर