आफ्नो कार्यकालमै काठमाडौंमा पानीको समस्या समाधान गर्ने खानेपानीमन्त्री यादवको प्रतिवद्धता

खानेपानीमन्त्री प्रदीप यादवले आफ्नो कार्यकालभित्रै काठमाडौं उपत्यकामा पानीको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले काठमाडौं उपत्यकामा अहिले ५१ करोड लिटर पानीको माग रहेको र भविष्यलाई पनि मध्यनजर गरी पानीको समस्या समाधान गर्न आफू लागिपरेको बताए । उनले मन्त्रालयले दीर्घकालीन समाधानका लागि पनि आफ्ना योजनाहरु बनाइरहेको बताए । मन्त्री यादवले तत्काल २५ करोड ५० लाख लिटर क्षमता भएको प्लान्ट सुन्दरीजलमा टेण्डरका लागि प्रक्रिया अघि बढाइएको बताए । शिवपुरी राष्ट्रिय निकुञ्जका सानातिना मुहानमा केही रकम खर्च गरेर पानी काठमाडौं पथान्तरण गर्ने व्यवस्थामा पनि मन्त्रालय लागेको उल्लेख गरे। मन्त्री यादवले काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने गरी मन्त्रालयले काम गरिरहेको दाबी गरे । उनले प्राविधिक समस्याका कारण मन्त्रालयलाई पनि केही समस्या परेकाले नीति, नियमहरु संशोधन गरी अघि बढिरहेको बताए । मन्त्री यादवले सिस्नेरीबाट पानी निकट भविष्यमै काठमाडौं ल्याउने तयारी गरिएको बताए ।

उनले भने, ‘काठमाडौं उपत्यकामा ५१ करोड लिटर पानीको डिमाण्ड छ । त्यो पु¥याउने कसरी रु सरकारको दीर्घकालीन समस्याको योजना के छ रु त्यसको लागि खानेपानी मन्त्रालय अघि बढिसकेको छ । हामी तत्काल २५ करोड ५० लाख लिटर क्षमता भएको प्लान्ट सुन्दरीजलमा टेण्डर हुन गइरहेको छ । त्यो यही १५ दिनभित्र जतिमा हुन्छ । त्यो २५ करोड ५० लाख लिटर मेलम्चीको पानी आयो भने समस्या केही समाधान हुन्छ । अहिले १७ करोड लिटर रहेको छ । पानी केही त हामीले अहिले वागमतीमा डाइभर्ट गरेका छौँ । केही पाइपको समस्याका कारण वागमती सफाइ गरिरहेका छौँ । ४ महिना पानी नआउँदा खानेपानी मन्त्रालय के गर्छ रु त्यो ५१ करोड लिटरको पानीको माग छ । ट्याङ्करवाला भाइलाई मजा भइहाल्छ । हामीले शिवपुरी राष्ट्रिय निकुञ्जका सानातिना मुहानमा २५ करोड जति खर्च गर्ने हो भने केही हल हुन्छ नै । अहिले ६ दिनमा पानी दिइरहेका थियौँ । कतै त १५ दिनमा पानी दिने गरेको रहेछ । १५ दिनमा पानी दिँदा कसरी नागरिक बाँच्छ । नागरिकप्रति राज्यको दायित्व यही हो । सानो मुहानबाट पनि पानी ल्याउने सोचमा छौँ । ट्याङ्करमा पानी हाल्न इआइए नचाहिने, सरकारलाई नागरिकका लागि पानी दिन इआइए चाहिने । मन्त्री अलि छिटो छिटो चेन्ज हुने के । मन्त्री आज त्यो, भोलि त्यो । मान्छेको दिमागमा मन्त्रीको नाम नै भुलिसकेछन् । तर यो सरकार मजबुत सरकार छ । यो सरकारको आयु लामो छ । यो सरकार छिटो हिल्दैन । तपाईंहरुको यो समस्या मेरो कार्याकालमा समाधान गरेर मात्रै बिदा हुन्छु ।’

उनले अहिलेको सरकार मजबुत सरकार भएकाले यो सरकारको आयु लामो भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर