तिलोत्तमा नगरपालिकाको शुभविहानी टोल कार्यसमितिको नेतृत्वमामात्रै महिला

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका अन्तरगत एउटा वडाको टोल विकास संस्थाको नेतृत्वमा महिला मात्रै निर्वाचित भएका छन् । तिलोत्तमा नगरपालिकाको जनघनत्व र आर्थिक केन्द्रका रुपमा रहेको शुभविहानी टोल विकास संस्थामा अध्यक्षसहित ११ सदस्यीय समितिमा मात्रै महिला निर्वाचित भएका छन् ।

टोल विकास समितिको शनिवार सम्पन्न छैठौं साधारण सभा तथा दोस्रो अधिवेशनले गोमा जीसीको नेतृत्वमा ११ महिलाको कार्यसमिति निर्वाचित गरेको हो ।

अध्यक्ष जीसीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा वसन्ता केसी, सचिव ऋतिका बुढ़ा मगर, कोषाध्यक्ष सावित्रा थापा र सदस्यहरुमा कमला अर्याल रेग्मी, सरिता गौतम ज्ञवाली कमला राना, विष्णु माया आले मगर, मिना शर्मा पन्थी, विनु, थापा तथा सुनिता पाण्डे निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

नगरपालिका अन्र्तगतको शुभविहानी टोल विकास संस्थामा १६५ घरधुरी रहेका छन् । यस्तै व्यवसायिक केन्द्र, होटल पौवा, शैक्षिक संस्था र अन्य संघसंस्था रहेका छन् । नगरपालिका तथा वडा कार्यालय मातहत गठन हुने टोल विकास समितिले आफ्नो क्षेत्रमा सामाजिक, सांस्कृतिक तथा स्वास्थ्य सम्बन्धि विविध गतिविधि संचालनगर्दै आएका छन् ।

शुभविहानी टोल विकास संस्थाले आफ्नो क्षेत्रमा सरसफाई, जनस्वास्थ्य, कृषि, शिक्षा तथा सांस्कृति पर्व महोत्सवमा योगदानदिँदै आएको छ ।

हामी नेतृत्वमा पुग्नुलाई अहिले महिलाप्रति टोल समाजमा बढेको विश्वास र प्रतिष्ठाका रुपमा हामीले लिएका छौं, नेतृत्वपछि पहिलोपटक पर्दाफाससँगको कुराकानीमा अध्यक्ष जीसीले भनिन्, हामी घरपरिवार सहित टोलको समग्र विकासमा केन्द्रीत रहने छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर