रवि र छविमाथि तीन अभियोगमा अनुसन्धान जारी

पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने र पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीमाथि तीन कसुरमा एकसाथ अनुसन्धान जारी छ । गोरखा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक लामिछाने र पूर्वउपाध्यक्ष जोशीविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा कास्कीमा अनुसन्धान गर्दै छ ।

सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा कात्तिक २ गते काठमाडौँबाट पक्राउ पर्नुभएका लामिछाने र असोज ६ गते पक्राउ पर्नुभएका जोशीलाई बिहीबार कास्की जिल्ला अदालतले थप सात दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको थियो । लामिछाने र जोशी आबद्ध गोरखा मिडियामा पोखरामा रहेको सूर्यदर्शन सहकारीबाट अवैधानिक रूपमा पाँच करोड ५८ लाख रकम गएको देखिएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *