पहिलो पटक साफ वुमन्स च्याम्पियनसिपको उपाधि जित्ने दाउमा नेपाल

नेपाल पहिलो पटक साफ वुमन्स च्याम्पियनसिपको उपाधि जित्ने दाउमा रहेको छ । नेपाल उपाधिबाट अब मात्र दुई जित टाढा रहेको छ ।

समूहचरणमा श्रीलंकालाई हराउँदै नेपाल समूह विजेताको हैसियतमा सेमिफाइनलमा पुगेको हो ।

नेपाल अहिलेसम्म भएको सातै संस्करणको सेमिफाइनलमा पुगेको छ । नेपाल ५ पटकको उपविजेता राष्ट्र हो ।

४ पटक फाइनलमा नेपाल भारतसँग र १ पटक बङ्गलादेशसँग हारेको छ । उही चिरप्रतिद्वन्द्वी भारतलाई नेपालले सेमिफाइनलमा प्रतिद्वन्दीको रूपमा पाएको छ ।

नेपाल सधैँको दाबेदार राष्ट्र हो । तर यो पटक नेपालले निराशाजनक शुरूवात ग¥यो । पहिलो खेलमा भूटानसँग गोलरहित बराबरीमा रोकियो ।

साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलो पटक बराबरी रोकियो। भूटानसँग बराबरी पनि पहिलो पटक खेल्न बाध्य भयो। निराशाजनक प्रदर्शन मात्र होइन यही खेलमा नेपालका दुई महत्वपूर्ण खेलाडी हिराकुमारी भुजेल र दीपा शाही घाइते भए ।

बाकी खेल उनीहरूले गुमाए । तर यी सबैकुरा बिर्सेर नेपाल खेलमा फर्कियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ११–० को फराकिलो अन्तरमा हरायो । यो खेलमा रेखा पौडेल एक्लैले ५ गोल गरिन् ।

नेपालको समुहमा रहेको भूटानले माल्दिभ्सलाई १३–० गोल अन्तरले हरायो । भूटान सेमिफाइनलमा पुग्यो । यसपछि नेपाललाई समूह विजेता बन्दै सेमिफाइनलमा पुग्न श्रीलंकालाई ५ गोलको अन्तरमा हराउनुपर्ने चुनौती थियो । नेपालले कम्तीमा ६ गोल गर्न जरूरी थियो ।

यो खेलमा गोल मसिन सावित्रा भण्डारी पनि मैदानना उत्रिएकी थिइन् । नेपाले सानदार शुरूवात गर्दै पहिलो हाफमा नै चार गोल ग¥यो । यसपछि दोस्रो हाफमा एक र इन्जुरी समयमा अर्को एक गोल गर्दै नेपालले ६–० को जित दर्ज ग¥यो ।

नेपाल समूह विजेता बन्दा ग्रुप एको समूह उप विजेता भारतसँग सेमिफाइनल खेल्ने समिकरण बनेको छ ।

भारत नेपालको लागि सहज प्रतिद्वन्द्वी होइन । यसबारे नेपाल जानकार छ । नेपाल चार पटक फाइनलमा भारतसँग हारेको थियो । तर पछिल्लो संस्करणमा भने नेपालले सेमिफाइनलमा नै भारतलाई एक शुन्य गोल अन्तरमा हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

नेपाली टिमलाई चोटले भने सताएको छ । हिरा र दीपा रूल आउट हुँदा पूजा राना पनि चोटग्रस्त छिन् ।

प्रतिद्वन्द्वी भारत बलियो प्रतिद्वन्द्वी हो । तर समूह चरणमा बङ्गलादेशले माथ दिसकेको छ । त्यसैले भारत समूह उपविजेता बनेको हो ।

तर बङ्गलादेशसँग हारेपछि नेपाल विरूद्ध उच्च शतर्कताका साथ खेल्नेछ । नेपालले श्रीलंकासँग खेलेको जस्तै संगठीत रूपमा खेल्न जरूरी छ । भारतले साबित्रालाई टाइट मार्क गर्ने पक्का छ ।

जसले गर्दा नेपालसँग अर्को यिजना जरूरी छ । साथै पछिल्लो दुई खेलमा नेपालको गोलकिपर र डिफेन्सको टेष्ट भएको छैन ।

यसमा पनिेपाल सर्तक हुन जरूरी छ । नेपालले भारतसँग खेल्दा भुटानले डिफेन्डिङ च्याम्पियन बङ्गलादेशको सामान गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *