रवि लामिछाने पक्राउको विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन
९ कार्तिक २०८१ १४:४९
काठमाडौंस्थित माइतीघर मण्डलामा राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलनको शुरु भएको छ । पार्टी सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउविरुद्ध रास्वपाको काठमाडौं केन्द्रित प्रदर्शन माइतीघरमा शुरु भएको हो।रविलाई पक्राउ गरेदेखि पोखरामा आन्दोलित रास्वपा नेता–कार्यकर्ता अब काठमाडौं केन्द्रित आन्दोलनमा जुटेका हुन् ।
आन्दोलनमा समर्थकहरूको बाक्लो उपस्थिति रहने रास्वपा कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले बताएका छन् । उनका अनुसार पार्टी कार्यालयबाट नेताहरू समेत आन्दोलनस्थल आइरहेका छन् । काठमाडौंको आन्दोलनमा रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसदहरू सुमना क्षेष्ठ, शिशिर खनाल लगायत खटिएका छन् ।
प्रतिक्रिया