
ललितपुर महानगरले बाढी प्रभावित छ स्थानीय तहलाई तीन करोड ५० लाख आर्थिक सहयोग गर्ने


गत असोज ११ र १२ गतेको बाढिपहिरोले प्रभावित भएका ललितपुर र काठमाडौँका छ स्थानीय तहलाई ललितपुर महानगरले आर्थिक सहयोग गर्ने भएको छ ।
बुधबार बसेको महानगर कार्यपालिका बैठकले ललितपुरका पाँच तहलाई रु ५० लाख र काठमाडौँको दक्षिणकाली नगरपालिकालाई एक करोड रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको महानगरप्रमुख चिरीबाबु महर्जनले जानकारी दिए ।
‘ललितपुरका गोदावरी र महालक्ष्मी नगरपालिका, बागमती, महाङ्काल र कोन्ज्योसोम गाउँपालिकालाई ५० लाख र काठमाडौँको दक्षिणकाली नगरलाई एक करोड दिने निर्णय भएको छ,’ उनले भने, ‘विपद् व्यवस्थापनमा सहयोग पुगोस् भनेर सहयोग गरेका हौँ । समस्या परेका बेला छिमेकी पालिकालाई सहयोग गर्नु हाम्रो धर्म हो, यो सहयोगले बिग्रिएका, भत्किएका संरचना पुनःनिर्माण गर्न र जनजीवन सहज बनाउन सहयोग पुग्ने विश्वास लिएका छौँ ।’
ललितपुरको दक्षिण भेगमा रहेका गोदावरी, महाङ्काल, कोन्ज्योसोम र बागमतीलाई सङ्घीय सरकार र प्रदेश सरकारले विपद् सङ्कटग्रस्त पालिका घोषणा गरेका छन् ।
- प्रदर्शन स्थलबाट दुर्गा प्रसाईंलाई पक्राउ गर्न सम्भव भएन, अब चाँडै नै पक्राउ पर्छन् : प्रहरी
- रवीन्द्र मिश्र र धवलशमशेर राणा सहितलाई ६ दिन हिरासतमा राख्न म्याद थप
- तीनकुनेमा किन चलाइयो गोली ?, प्रहरीले दियो यस्तो प्रष्टीकरण
- महामन्त्री शर्माको प्रश्न- राज्यसँग ४ हजार भीडको व्यवस्थापन गर्ने क्षमता पनि नभएको हो ?
प्रतिक्रिया