साफ महिला च्याम्पियनसिप फुटबल : बंगलादेशसंग भारत पराजित

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा बंगलादेशसंग भारत पराजित भएको छ।

समूह चरणको अन्तिम खेलमा बंगलादेशले  भारतलाई  ३ -१ गोलले पराजित गरेको हो।यो जित पछि बंगलादेश समूहको विजेता भन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने भारत पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ। आजको नतिजा पछि पाकिस्तान समूह चरणबाटै बाहिरिएको छ।

यस समूहमा पहिलो खेलमा भारतले पाकिस्तानलाई हराएको थियो।त्यसै गरी पाकिस्तान र बंगलादेशबीचको खेल बराबरीमा सकिएको थियो।

बिहीबार समूह बी को अन्तिम खेल हुनेछन् । पहिलो खेल दिउँसो १:३० बजे भुटान र माल्दिभ्सबीच हुनेछ। दोस्रो खेलमा साँझ ५:३० बजे नेपाल र श्रीलंकाबीच हुनेछ।

नेपाल र भुटानको २-२ खेलमा समान ४-४ अंक छ। गोलअन्तरमा नेपाल अघि छ। श्रीलंकाको २ खेलमा ३ अंक तथा माल्दिभ्स अंकविहिन छ। यस समूहको विजेताले सेमिफाइनलमा भारतको सामना गर्नेछ । दोस्रो हुने टोलीले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *