सहकारी ठगी गर्ने व्यक्तिहरुमाथि कानूनी कारवाही शुरु भएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुलाई सरकारले कानूनी कारवाहीको दायरामा ल्याएको बताएका छन् ।

बुधवार सिंहदरबारमा सरकारका सय दिने उपलब्धी जानकारी गराउँदै उनले यस्तो बताएका हुन् । उनले सहकारी ठगी गर्ने व्यक्तिहरुमाथि कानूनी कारवाही शुरु भएको र हालसम्म ६ सय भन्दा माथिलाई कानूनी कारवाही गरिएको बताए । उनले ५ सय ७५ भन्दा बढी जेलमा रहेको बताए ।

उनले सहकारी ठगहरुलाई कारवाही गर्ने मात्र नभइ वचतकर्ताको वचत फिर्ता गर्नको लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइने बताए । उनले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिन्को हल्लाबाजी र सुटिङ् गरेर देखाउने विषय बन्नु नहुने बताए । उनले भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई नभइ कानूनलाई गुरु मानेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर