एमाले पार्टी कार्यालय बनाउन भन्दै अखिल क्रान्तिकारीले थाल्यो एक रुपैयाँ संकलन अभियान

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नेकपा एमालेको पार्टी कार्यालय बनाउन भन्दै एक रुपैयाँ संकलन अभियान चलाएको छ ।

काठमाडौँमा चलाइएको अभियानमा हिजो सोह्रखुट्टे र माइतीघरबाट तीन हजार ४१३ रुपैयाँ संकलन भएको अखिल क्रान्तिकारीका उपाध्यक्ष क्षितिज सापकोटाले जानकारी दिएका छन् ।

आइतबार प्रदर्शन मार्गमा क्याम्पस जिल्ला संगठन र प्राविधिक जिल्ला संगठनले रकम संकलन गरेको सापकोटाले जानकारी गराए। शनिबार र आइतबार संकलन भएको रकम एमालेको बैंक खातामा जम्मा गरिने उनले बताए।

सत्ताको नेतृत्व गरेको एमालेले कीर्तिपुरमा पार्टी कार्यालय बनाउन १० रोपनी १४ आना जग्गा दान लिएको छ । व्यवसायी मीनबहादुर गुरुङले एमालेलाई जग्गा दान दिएका हुन् ।

गुरुङले एकवर्षभित्र एमालेको पार्टी कार्यालय बनाउने जिम्मेवारी पनि लिएका छन् । २५ असोजमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले भवनको शिलान्यास गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर