रवि पक्राउबारे सीके राउतको टिप्पणी- प्रतिशोध र निषेधको राजनीति
३ कार्तिक २०८१ ९:०२
सत्तारुढ दल जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्नु प्रतिशोध र निषेधको राजनीति भएको टिप्पणी गरेका छन् ।
सहकारीको बचत अपचलन मुद्दामा पूर्वगृहमन्त्री समेत रहेका लामिछाने शुक्रबार पक्राउ परेपछि अध्यक्ष राउतले सामाजिक संजालमा सो टिप्पणी गरेका हुन् ।
‘हाम्रो धरातल र कैयन एजेण्डा फरक होला, कतिपय ठाउँमा हामी विपरीत धारमा पनि उभिएका छौं । तर लोकतन्त्रमा प्रतिशोध र निषेधको राजनीति हुनुहुँदैन भन्नेमा हाम्रो मतैक्यता छ । आशा छ, रविजी यसबाट सफलतापूर्वक निस्किनु हुनेछु उनले भनेका छन् । ‘
प्रतिक्रिया