रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधको पनि मुद्दा

आज (शुक्रबार) साँझ पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध संगठित अपराधमा पनि अनुसन्धान हुने भएको छ ।

शुक्रबार कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जीका आधारमा उनीमाथि सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान हुने भएको हो । संगठित अपराधमा पक्राउ परेका जोकीहीलाई ६० दिन थुनामा राखेर अनुसन्धान गर्न सकिने कानुनी व्यवस्था छ ।

पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई पनि ६० दिन थुनामा राखेर अनुसन्धान गर्न सकिने बताइएको छ । सङ्गठित अपराध निवारण ऐन २०७० को दफा १४ ले दिएको अधिकारले लामिछानेलाई ६० दिन थुनामा राखेर अनुसन्धान गर्ने संभावना रहेको प्रहरी अधिकारीहरू बताउँछन् । सहकारी ठगीमा मात्रै अनुसन्धान गर्दा २४ दिनसम्म मात्रै थुनामा राख्न सकिने भए पनि सङ्गठित अपराधमा अनुसन्धान गर्दा थुन्ने अवधि बढ्ने देखिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर