नक्कली नोटसहित एक जना पक्राउ

पर्साको वीरगञ्ज महानगरपालिका-१४ गण्डक चेक पोष्टबाट एक हजार दरका ४७ थान नक्कली नोटसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको विहार राज्य मोतीहारी ग्राम पञ्चायत रामगढवा नन्दपुर-४ बस्ने २० वर्षीय कृष्णकुमार महतोलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले वीरगञ्जबाट हेटौँडातर्फ जाँदै गरेको बा प्र ०३-००१ ख २१४७ नम्बरको मिनी बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर