विपक्षी दलको बैठकमा प्रचण्डको विश्लेषण- रवि पक्राउ पर्न सक्छन्

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्ने रणनीतिमा रहेको विश्लेषण गरेका छन् ।

आज (शुक्रबार) विपक्षी दलहरुको बैठकमा प्रचण्डले प्रतिपक्षीलाई फुटाइ दिने र नेताहरुलाई पक्राउ समेत गर्न खोजेर तर्साउने रणनीतिमा सरकार रहेको बताएका हुन् ।

बुधबार बालुवाटारमा बसेको नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा सुन्दा सरकार पक्राउ गर्ने रणनीतिमा रहेको उनले विश्लेषण गरेका हुन् । यदि सरकारले लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ गर्न खोजे प्रतिवाद गर्ने पनि विपक्षी दलहरुले निर्णय गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर