सुनको मूल्य तोलाको १ लाख ६४ हजार नाघ्यो

नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको । आज सुन तोलामा २ हजार रुपैयाँले बढेर १ लाख ६४ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी पनि बढेको छ । आज चाँदी ३० रुपैयाँले बढेर ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार९५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *