गण्डकी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

गण्डकी र कर्णाली प्रदेशमा आज (बिहीबार) सार्वजनिक विदा दिइएको छ ।  गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा चाडपर्वको बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार बिदाको सूचना प्रदेश राजपत्रमा प्रकाशित गरिएको छ । प्रदेश सरकारले कोजाग्रत पूर्णिमासहित यस वर्ष चैते दशैँ वैशाख ४ र भानुजयन्ती असार २९ मासमेत बिदा दिएको थियो ।

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
यस्तै  आज कर्णाली प्रदेशभर पनि सार्वजनिक बिदा दिइएको छ । असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) को अवसरमा कर्णाली प्रदेश सरकारले प्रदेशभर लागू हुनेगरी सार्वजनिक बिदा दिएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार गत बैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कात्तिक १ गते असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) को अवसरमा बिदा दिने निर्णय गरेको थियो । सोही अनुसार सार्वजनिक बिदा दिइएको हो । आज कर्णाली प्रदेशमा रहेका सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरु बन्द रहने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर