सवारी दुर्घटना गरी फरार चालक पक्राउ

सवारी दुर्घटना गराई फरार चालकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर उपमहानगरपालिका १७ घर भई हाल ललितपुर महानगरपालिका १ कुपण्डोल बस्ने बर्ष ४० का मनोज बिष्टलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गएको २६ गते काठमाडौं महानगरपालिका ३२ तिनकुने गैरीगाउँ सडकमा विष्टले चलाएको बा ३ च ९४४ नम्बरको कार दुर्घटना भएको थियो । दुर्घटनामा घाइते सर्लाहीको कबिलासी नगरपालिका २ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका ३२ बस्ने ५१ वर्षीय विनाद महरा भनिने राम विनय रामलाई केएमसी अस्पताल पुर्याई विष्ट फरार भएका थिए । घाइते महराको उपचारको क्रममा निधन भएको छ ।

फरार रहेका विष्टलाई ललितपुर महानगरपालिका १ कुपण्डोलमा लुकिछिपी बसेको अवस्थामा सवारी साधन सहित प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर