यी हुन् डडेल्धुरा बस दुर्घटनाका मृतक तथा घाइते (नामावलीसहित)

डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा एक शिशुसहित चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस मंगलबार राति साढे ११ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता उपेन्द्रबहादुर बमले जानकारी दिएका छन् । मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी अन्दाजी २० वर्षीया कमला बोहरा, उनका नाबालक छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहरा रहेका उनले बताए । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

घाइते हुनेमा पुर्चौंडी नगरपालिका–७ का २४ वर्षीय नवराज साउँद, वडा नं ६ का २४ वर्षीय राजेन्द्र साउँद, कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय दिनेश साउँद, डडेल्धुराको आलिताल गाउँपालिका–१ का २१ वर्षीय मुकुन्द बोहरा, दार्चुलाको मार्मा गाउँपालिका–५ बस्ने ३४ वर्षीया विमला महता, कृष्णपुर नगरपालिका–५ की ६५ वर्षीया धनमती साउद छन् ।

यस्तै, पुर्चौंडी–८ का ४२ वर्षीय पदमबहादुर बोहरा, सोही ठाउँका बस चालक २४ वर्षीय वीरेन्द्र बोहरा, वडा नं ७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी, वडा नं १० का दामोदर महरा र धनबहादुर महरा पनि घाइते भएको प्रहरी निरीक्षक बमले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते बस चालक वीरेन्द्र बोहरालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ । अन्य घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब साढे तीन सय मिटर तल खसेको जनाइएको छ । चालक निदाएकाले बस सडकबाट पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
यी हुन् घाइते 
१) चालक ऐ.ऐ. बस्ने वर्ष २४ को वीरेन्द्र बोहरा (दुबै आँखा, मुख, टाउको, दाहिने खुट्टामा चोट) अवस्था सिरियस, धनगढी तर्फ रिफर गरेको ।
२) जि.डडेल्धुरा आलिताल गा.पा. १ बस्ने वर्ष २१ को मुकुन्द बोहरा (कम्मर, टाउको, मुखमा चोट ) अवस्था मध्यम । धनगढीतर्फ रिफर ।
३) जि.बैतडी पुर्चौडी न.पा. ७ बस्ने वर्ष २४ को नवराज साउँद (बाँया आँखा, टाउको, कम्मरमा चोट) अवस्था मध्यम ।
४) ऐ.ऐ. वडा न. ६ बस्ने वर्ष २४ को राजेन्द्र साउद (दुवै हात–खुट्टा, टाउकोमा चोट) अवस्था मध्यम ।
५) जि. कञ्चनपुर कृष्णपुर न.पा. ५ बस्ने पर्ष ६५ कि धनमति साउद (आँखा, बाँया खुट्टा निधार, कम्मरमा चोट ) अवस्था मध्यम ।
६) जिल्ला बैतडि पुर्चौडि न.पा. ८ बस्ने वर्ष ४२ को पदम बहादुर बोहरा (कम्मर, टाउकोमा चोट) अवस्था मध्यम ।
७) ऐ.ऐ. वडा न. ७ बस्ने वर्ष २८ को नवराज सिंह रतुकी (टाउको, कम्मर, छातिमा चोट ) अवस्था मध्यम ।
८) ऐ.ऐ. बस्ने वर्ष २० को सुरेन्द्र रतुकी (अनुहार, कम्मर, टाउकोमा चोट ) अवस्था मध्यम ।
९) ऐ.ऐ. वडा न. १० बस्ने बर्ष ४० को दामोदर महरा (कम्मर, छाती, मुखमा चोट ) अवस्था मध्यम ।
१०) ऐ.ऐ बस्ने १० बस्ने वर्ष अन्दाजी २५÷२६ को धन बहादुर महरा। टाउकोमा चोट अवस्था मध्यम ।
११) जि. कञ्चनपुर कृष्णपुर न.पा. ४ बस्ने वर्ष २५ को दिनेश साउद (छाती, टाउकोमा चोट) अवस्था सामान्य ।
१२) जिल्ला दार्चुला मार्मा गा.पा. ५ बस्ने वर्ष ३५ की बिमला महता (दाहिने हात, खुट्टामा चोट) अवस्था सामान्य ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर