डडेल्धुरा बस दुर्घटना : उद्धारमा सेनाको टोली परिचालन

डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका-७ स्थित दशरथचन्द राजमार्गमा पवनदुत यातायातको बस दुर्घटनापछि उद्धार कार्यका लागि नेपाली सेनाको फौज परिचालन भएको छ।

महेन्द्रनगरबाट बैतडी जाँदै गरेको ना. ८ ख १०७८ नम्बरको बस असोज ३० गते राति करिब १२ः२० बजे खर्स्याथान (पोखरा बजार नजिक) मा दुर्घटना भएको थियो। जुन सडकबाट करिब २०० मिटर तल खसेको जनाइएको छ ।

दुर्घटनाको खबर प्राप्त भए लगत्तै नेपाली सेनाको उद्धार टोली तत्काल घटनास्थलमा पुगेको थियो। अन्य सुरक्षा निकाय र स्थानीयवासीको सहयोगमा नेपाली सेनाले दुर्घटनामा परेका १२ जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल डडेल्धुरा पठाइएको छ भने घटनास्थलबाट ४ जनाको शव सङ्कलन गरिएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर