पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब लिटरकाे कति ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्य सूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।

निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा १ रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मूल्यमा ४ रुपैयाँ बढाइएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *