पशुपति धर्मशालामा कोषको शंकास्पद भूमिका र महानगरको बलमिच्याईप्रति विभिन्न संस्थाहरुको आपत्ति

पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको संचालनमा मारवाड़ी सेवा समितिबाट खोसेर महानगरपालिकालाई दिने कार्यको राजधानीमा सक्रिय विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थाहरुले विरोध गरेका छन्। साथै महानगरपालिकाले गुण्डागर्दी शैलीमा पशुपति गौशाला धर्मशालामा खाली गराउन गरेको धरपकडको घोर भर्त्सना गरेका छन्।

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा मारवाड़ी सेवा समिति र विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरुबीच आयोजित विमर्श कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले पशुपति गौशाला धर्मशाला माथिको आक्रमण मारवाड़ी समुदाय माथि मात्रै नभएको अपितु यो हिन्दूहरुको आराध्य देव भगवान् पशुपतिनाथसंग सम्बन्धित पवित्र भूमि माथिको आक्रमण भएको ठहर गरेको छ।

विश्वभरि बाट आउने हिन्दू श्रद्धालुहरुको बसोबास र भोजनको व्यवस्थापनसंगै गौशालामा गौ पालन हुँदै गरेको र झण्डै एकसय जना मृगौला रोगीको निशुल्क डाइलेसिस भईरहेको अवस्थामा उक्त भवनलाई प्रचलित कानून तथा विभिन्न समयमा भएको सम्झौता विपरित महानगरपालिकालाई संचालनको जिम्मा दिएर कोषका सदस्य सचिवले भूमाफियाबाट ठूलो आर्थिक लाभ प्राप्त गरेको आरोप वक्ताहरुले लगाएका छन्।

कार्यक्रममा उपस्थित पूर्व प्रधान न्यायाधीश गोपाल पराजुलीले पशुपति गौशाला धर्मशालामाथिको आक्रमण सामान्य कुरा नभएको र यसको पछाडी हिन्दू धर्ममा आस्था राख्ने माथि ठूलो षड्यन्त्रको एउटा सानो शुरुवात भएको बताए । पशुपति क्षेत्र विकास कोष पछिल्ला केही वर्षदेखि इसाई मिशनरीहरुको भर्ती केन्द्र बनेको पराजुलिको भनाई रहेको छ। उनले कोषको जग्गामा चर्च र मस्जिद चलाउन दिने तर हिन्दूहरुले गौशाला चलाउँदा अवरोध गर्ने कुरा सह्य नहुने चेतावनी दिए ।

पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष नरोत्तम वैद्यले समेच कोषका अहिलेका पदाधिकारीहरुले मारवाड़ी सेवा समितिलाई अनाहकमा दुख दिएको बताए । वैद्यले भने यदि मारवाडी सेवा समितिले चाहेको भए उनीहरुसंग कैयौं अवसर थिए । उनीहरुले त्यो जग्गा आफ्नो नाममा गराउन सक्थे तर यो जग्गा मारवाड़ी सेवा समितिले आफ्नो नाममा कहिले गराएनन्। उनले महानगरपालिकालाई बलजफ्ती यस विषयमा प्रवेश गराएर कोषले ठूलो गल्ती गरेको बताए । कोषले संस्कृति मन्त्रालयको जग्गालाई महानगरपासिकाको जिम्मा लगाउनुनै गलत भएको वैद्यको ठहर छ ।

हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानका महासचिव देवेश झाले बाहिरबाट यो घटना सामान्य देखिए पनि भित्रबाट ठूलै षड्यन्त्र भएको बताए । उनले कोषका सदस्य सचिव मिलन थापाको भूमिका शंकास्पद रहेको बताउँदै मेयर बालेनको धर्मशाला कब्जा गर्ने कार्यशैली गुण्डा नाइके जस्तै रहेको बताए। यस विषयमा उपस्थित संघ संस्थाका प्रतिनिधिहरुले मारवाड़ी सेवा समितिले नै यस धर्मशाला को संचालन गर्न पाउने माग प्रति समर्थन जनाएका छन् ।

विश्व हिन्दू परिषद नेपाल, विश्व हिन्दू महासंघ लगायत एक दर्जन संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितीमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

One thought on “पशुपति धर्मशालामा कोषको शंकास्पद भूमिका र महानगरको बलमिच्याईप्रति विभिन्न संस्थाहरुको आपत्ति

  1. काठमांड़ौ महानगरपालिकाले हरेक ठाउमा दादागिरी गर्नु भनेको CK र Rabi स्टंटको नक्कल मात्र हो. यस्तै रहे ऱ्याप गायनको प्रसिद्धि फेरि ऱ्याप तिरै न फर्काउला, त्यो निश्चित नहुने होइन.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर