यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किँदा ३० यात्रु घाइते
पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका-६ चौकी टोलस्थित सडकमा आज साँझ ५ बजेतिर यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किएर ठोक्किँदा ३० जना यात्रु घाइते भएका छन् ।
चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ७ ख ३१२० नम्बरको बस र मनहरिबाट चितवनतर्फ जाँदै गरेको ना ६ख ३११९ नम्बरको ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
यस्तै पाल्पाको रामपुर नगरपालिका-९ का ३५ वर्षीय भीमबहादुर नेपाली, निजको छोरी १० वर्षीया अमिना नेपाली, ६ वर्षीय छोरा अङ्कित नेपाली, चितवन राप्ति नगरपालिका-११ का ३५ वर्षीया शान्तिमाया थिङ, निजको छोरा १२ वर्षीय लख्वा दोर्जे तामाङ, निजको छोरी ११ वर्षीया सुष्मा लोप्चन, सर्लाहीको लालबन्दी नगरपालिका-९ का ५७ वर्षीय तिलक बिकको पुरानो मेडिकल कलेज चितवनमा भरतपुरमा उपचार भइरहेको छ ।
साथै रौतहटको चन्द्रनियापुर नगरपालिका-४ का २१ वर्षीया तारा गुरुङ, सोही ठाउँका २५ वर्षीय पुष्कर गुरुङ, चितवनको राप्ति नगरपालिका-११ का ३१ वर्षीय चित्र तामाङ, मकवानपुरको मनहरि गाउँपालिका-६ का १८ वर्षीया सुहाना राई, महोत्तरीको बर्दिवास नगरपालिका-५ का ३३ वर्षीय बिनोदकुमार परियार र चितवनको भरतपुर महानगरपालिका-२१ का २८ वर्षीय प्रभु सापकोटाको पनि पुरानो मेडिकल कलेज चितवन भरतपुरमा उपचार भइरहेको छ ।
दुर्घटनामा घाइते बाराको निजगढ नगरपालिका-७ माझीटोल निवासी ३८ वर्षीय हरिकुमार माझी, सोही ठाउँका ३६ वर्षीय सम्झना माझी, चितवनको खैरेनी नगरपालिका-२ निवासी २९ वर्षीय प्रज्वल कुमाल र मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१२ निवासी ५४ वर्षीया सिता ढुङ्गानाको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।
प्रतिक्रिया