तीन दिनपछि हुम्लाबाट पुनः हवाई उडान
२८ असोज २०८१ १८:१८
सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ। यहाँ दसैँको अघिल्लो दिनमात्र हवाई उडान भएको थियो। त्यसयता यात्रु अभावले हवाई उडान हुन सकेको थिएन।
तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेको नेपाल एयरलाइन्स सिमकोट स्टेशन प्रमुख छिरिङ लामाले बताए। सोमबार नेपालगञ्जदेखि तारा एयरले एकपटक तथा नेपाल एयरलाइन्सले दुई पटक उडान भरेको उनले बताए। दुवै एयरलाइनसले यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामानसमेत ढुवानी गरेका थिए।
‘मङ्गलबारका लागि टिकट बुकिङ भइसकेको छ। अब यात्रुको चाप विस्तारै बढ्छ,’ प्रमुख लामाले भने।
प्रतिक्रिया