मनकामना केबलकार भोलिदेखि तीन दिनसम्म बन्द हुने

मनकामना केबलकार तीन दिनसम्म बन्द हुने भएको छ । मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्न लागिएको हो ।

यसअघि दशैंको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार बन्द थियो । भोलिदेखि तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

मनकामना केबलकारको सेवालाई हालैमात्र डिजिटलाइज्ड सिस्टममा स्तरोन्नती गरिएको छ । त्यसका लागि नयाँ तार फेर्नुपर्ने, लठ्ठाहरुलाई छोट्याउनुपर्ने लगायतका काम बाँकी छ । सोहीकारण सेवा बन्द गर्न लागिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर