रिङरोडमा आज र भोलि सशस्त्र प्रहरीको निशुल्क बस सेवा

सशस्त्र प्रहरी बलले आज र भोलि(असोज २५ र २६ गते) काठमाडौंको रिङरोडमा निशुल्क बस सेवा संचालन गरेको छ ।

आज बिहान ६ बजे बाट सुरु भएको निशुल्क बस सेवा अन्तर्गत एउटा बस प्रधान कार्यालयबाट कलंकी, सातदोबाटो, कोटेश्वर, गौशाला , महाराजगन्ज, बालाजु रुटमा संचालन गरिएको छ भने अर्को बस प्रधान कार्यालयबाट बालाजु, महाराजगन्ज,गौशाला , कोटेश्वर , सातदोबाटो, कलंकी रुटमा संचालन गरिएको छ ।

चाडपर्वको समयमा सार्वजनिक गाडी कम गुड्ने भएकोले सर्वसाधारणको सुविधाको लागि बस संचालन गरिएको हो ।

बडादशैंको अवसरमा यस अघिका वर्षमा पनि काठमाडौमा सशस्त्र प्रहरी बलले निशुल्क बस सेवा संचालन गरेको थियो ।

यसैगरी विगतका वर्षहरु जस्तै यस वर्ष पनि सर्वसाधारणका लागि सशस्त्र प्रहरी बलले देशभरी स्थानिय निकायसंगको समन्वय समेतमा १ सय ९७ वटा लिङ्गेपिङ राखेको छ । विगत करिब १४ वर्षदेखिको पिङ राख्ने कार्यलाइ यो वर्ष पनि निरन्तरता दिइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर