जनकपुरधामको राजदेवी मन्दिरमा १५ हजार बढी बोकाको बलि

जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा यस वर्ष १५ हजार चार वटा बोकाको बलि दिइएको छ ।

मन्दिरमा महाष्टमी तिथिअनुसार बिहीबार साँझ ८ः३९ देखि करिब ८ घण्टासम्म सो सङ्ख्यामा  बलि प्रदान गरिएको आयोजक महावीर युवा कमिटीले जनाएको छ । रसिद काटेर १४ हजार ६५२, कमिटीको नौ, नेपाल सरकारका विभिन्न निकायबाट ९३ र निःशुल्क रूपमा दुई ५० बोकाको बलि दिइएको समितिका अध्यक्ष अजय कुमार गुप्ताले जानकारी दिए ।

गत वर्ष १५ हजार २५१ बोका बलि दिइएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *